नाप नक्सा, भौगोलिक सूचना तथा भूउपयोग शाखाको कार्य विवरण

  • जग्गा नापजाँच, नाप नक्सा, जियोडेटिक तथा स्थलरूप नापीसँग सम्बन्धित स्वीकृत नीति, कानून, मापदण्ड तथा निर्देशनको कार्यान्वयनमा सहजीकरण, समन्वय तथा अनुगमन गर्ने;
  • जग्गा नाप नक्साको आधारभूत नियन्त्रण विन्दु तथा सञ्जाल, जियोडेटिक तथा स्थलरूप नापनक्सासम्बन्धी कार्यको व्यवस्थापन, समन्वय तथा अनुगमन गर्ने र सर्भे लाइसेन्ससम्बन्धी स्वीकृत मापदण्डको कार्यान्वयनमा सहजीकरण गर्ने;
  • राष्ट्रिय भौगोलिक सूचना प्रणाली, भूसूचना प्रणाली, भूसूचना तथा संचार प्रविधिको विकास, सञ्चालन, अन्तरआबद्धता, अद्यावधिक तथा उपयोगमा समन्वय र सहजीकरण गर्ने;
  • भूउपयोग क्षेत्र बर्गीकरण तथा योजना तर्जुमासंग सम्बन्धित नापनक्शा, संघीय भूउपयोग योजना तर्जुमा, एवं प्रदेश र स्थानीय तहको भूउपयोग योजना तर्जुमामा प्राविधिक सहयोग, समन्वय तथा अनुगमन गर्ने;
  • भूउपयोग तथा विपद् जोखिमसम्बन्धी नक्सा, सूचना तथा तथ्याङ्कको व्यवस्थापन तथा उपयोगमा सहजीकरण गर्ने;
  • अन्तर्राष्ट्रिय सीमा तथा प्रदेश र स्थानीय तहको सीमाको नक्साङ्कन, अभिलेख व्यवस्थापन तथा सीमा स्तम्भ/चिन्हसम्बन्धी प्राविधिक कार्यमा सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गर्ने;
  • घरजग्गा मूल्याङ्कन, भूमि बैंक, भूमि बजार तथा सर्भे लाइसेन्सलगायतका विषयमा आवश्यक प्राविधिक अध्ययन तथा कार्यान्वयनमा सहयोग गर्ने;
  • नापनक्शा तथा भूमिसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, संघसंस्था एवं विकास साझेदारसँगको सम्पर्क तथा समन्वय गर्ने;
  • जग्गा नापजाँच तथा भूमि क्षेत्रको क्षमता विकाससम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण गर्ने र सम्बन्धित विषयको फोकल शाखाको रूपमा कार्य गर्ने।
  • शाखासँग सम्बन्धित अभिलेखहरू अद्यावधिक गरी राख्ने;
  • शाखासंग सम्बन्धित विषयमा नेपाल सरकार, मन्त्रिपरिषद्‌मा पेस गर्नुपर्ने प्रस्ताव तयार गर्ने
  • शाखासँग सम्बन्धित अन्य निर्देशित कार्य गर्ने।