स्थानीय तह कर्मचारी प्रशासन शाखाको कार्य विवरण
- स्थानीय तहमा नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल विविध र नेपाल इन्जिनियरिङ्ग सेवाको सर्भे समूहका कर्मचारीहरूको व्यवस्थापन सम्वन्धी कार्य,
- स्थानीय तहमा निजामती कर्मचारी प्रशासन सम्वन्धमा अपनाउने नीति निर्धारण सम्वन्धी प्रारम्भिक कारवाही सम्वन्धी,
- स्थानीय तहमा अतिरिक्त समूहमा रहेका राजपत्रांकित कर्मचारीहरूको व्यवस्थापन सम्वन्धी कार्य,
- स्थानीय तहमा निजामती सेवाका राजपत्रांकित कर्मचारीहरूको, सरुवा सहमती, काज र नियुक्ति सिफारिस सम्वन्धी कार्य,
- स्थानीय तहमा फाजिलमा रहेका राजपत्रांकित कर्मचारीहरूको व्यवस्थापन गर्ने,
- स्थानीय तहमा निजामती सेवामा कार्यरत राजपत्रांकित कर्मचारीहरूको सेवा,समूह,उपसमूह परिवर्तन सम्वन्धी सिफारिस लोक सेवा आयोगमा पठाउने,
- कुनै खास बिषयमा अधिकार प्राप्त अधिकारीले तोकेको काम सम्पन्न (भ्रमण, बैठक, अध्ययन, अनुसन्धान,आदि) भैसकेपछि सम्वन्धित महाशाखा प्रमुखलाइ प्रतिवेदन गर्ने,