भूमि समस्या व्यवस्थापन शाखाको कार्य विवरण

  • गुठी संस्थानको फोकल शाखाको रूपमा काम गर्ने
  • गुठी जग्गा एवं गुठीको सम्पत्तिको संरक्षण, सम्वर्द्धन एवं विकास तथा अक्षयकोषको परिचालन लगायतका विषयमा भए गरेका नीतिगत एवं कानून ब्यवस्थाहरू कार्यान्वयन गर्ने गराउने
  • गुठी सम्बन्धी विषयमा माग भै आएका राय, सुझाव, निर्देशनहरू प्रचलित कानूनको अधिनमा रही उपलब्ध गराउने
  • भूमि समस्या समाधान समितिको फोकल शाखाको रूपमा काम गर्ने
  • भूमिहीन दलित, भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोवासीहरूको ब्यवस्थापन सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्ने
  • मुक्तकमैया, मुक्तहलिया, कम्हलरी, हरवा, चरवा लगायतको पुनर्स्थापनाका लागि नेपाल सरकाले लिएका नीतिहरू कार्यान्वयन गर्ने गराउने
  • भूमि सुधार तथा पुनर्वास सम्बन्धी नीतिगत ब्यवस्था कार्यान्वयन गर्ने गराउने
  • शाखासंग सम्बन्धित विषयमा परेका निवेदन एवं उजुरीहरूलाई प्रचलित कानून बमोजिम फर्छ्यौट गर्ने गराउने
  • शाखासँग सम्बन्धित अभिलेखहरू अद्यावधिक गरी राख्ने;
  • शाखासंग सम्बन्धित विषयमा नेपाल सरकार, मन्त्रिपरिषद्‌मा पेस गर्नुपर्ने प्रस्ताव तयार गर्ने
  • शाखासँग सम्बन्धित अन्य निर्देशित कार्य गर्ने।