भूमि प्रशासन शाखाको कार्य विवरण

  • जग्गा प्रशासनसंग सम्बन्धित नीतिगत ब्यवस्था कार्यान्वयन गर्ने गराउने
  • संघ, प्रदेश र स्थानीय तहका लागि जग्गाप्राप्ति सम्बन्धी काममा सहजीकरण गर्ने
  • जग्गाधनी एवं मोहीबीचको द्वैध स्वामित्व अन्त्य गराउनेसम्बन्धी नीतिगत ब्यवस्था कार्यान्वयनमा गर्ने गराउने
  • जग्गाको हदबन्दी सम्बन्धी नीतिगत तथा कानूनी प्रावधानहरूको कार्यान्वयन गर्ने गराउने
  • सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणसम्बन्धी नीतिगत ब्यवस्थाको कार्यान्वयन तथा अनुगमन गर्ने;
  • सरकारी जग्गा लीजमा वा उपयोगमा उपलब्ध गराउने तथा लीजमा दिइएका जग्गाहरूको अभिलेख राख्ने तथा उद्देश्यबमोजिम कामकाज भए/नभएको सम्बन्धमा अनुगमन सम्बन्धी कार्य गर्ने
  • सरोकारवाला वा मातहत निकायबाट भूमिसँग सम्बन्धित विषयमा माग भएको राय परामर्श वा निर्देशन दिने
  • जग्गा प्रशासनसंग सम्बन्धित विषयमा परेका निवेदनहरू प्रचलित कानून बमोजिम फर्छ्यौट गर्ने गराउने
  • जग्गा प्रशासनसंग सम्बन्धित विषयमा मन्त्रालयबाट जारी भएका नीति तथा निर्देशनबमोजिम विभाग तथा मातहतका कार्यालयहरूबाट काम कारबाही भए नभएको अनुगमन गर्ने
  • रजिष्ट्रेशन दस्तुर निर्धारण एवं छुट दिने सम्बन्धी नीतिगत ब्यवस्था कार्यान्वयन गर्ने गराउने
  • शाखासँग सम्बन्धित अभिलेखहरू अद्यावधिक गरी राख्ने;
  • शाखासंग सम्बन्धित विषयमा नेपाल सरकार, मन्त्रिपरिषद्‌मा पेस गर्नुपर्ने प्रस्ताव तयार गर्ने
  • यस शाखासँग सम्बन्धित अन्य निर्देशित कार्य गर्ने।