सुशासन प्रवर्द्धन शाखाको कार्य विवरण

  • सेवाप्रवाह तथा विकास निर्माण कार्यमा उत्तरदायित्व, पारदर्शिता, जनसहभागिता प्रवर्द्धन गर्ने सम्वन्धी नीति निर्माण, कार्यान्वयन, समन्वय तथा अनुगमन र मूल्याङ्कन सम्वन्धी कार्यहरू गर्ने,
  • नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्न आवश्यक पर्ने कार्यहरू गर्ने,
  • संसद अधिवेशन रिर्पोटिङ्ग सम्वन्धी कार्य,
  • उजुरी तथा गुनासो सुनुवाइ सम्वन्धी कार्यहरू,
  • हेलो सरकार सम्वन्धी कार्यहरू,
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय मानव अधिकार आयोग जस्ता निकायको सम्पर्क (Focal) शाखाको रुपमा कार्य गर्ने,
  • सुशासन प्रवर्धन तथा व्यवस्थापन सम्वन्धी आवश्यक अन्य कार्यहरू,
  • सुशासन सम्वन्धी भए गरेका कामहरूको अभिलेख, संश्लेषण, प्रकाशन र वितरण सम्वन्धी काम गर्ने,
  • सुशासन सम्वन्धी निर्देशिका, मानक, मार्गदर्शन, निर्माण सम्वन्धी काम गर्ने,
  • मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सम्बन्धित निकायमा पर्ने उजुरी तथा निवेदनहरूका विषयमा प्रारम्भिक छानविन एवं कारवाही सम्वन्धी कार्यहरू गर्ने,
  • स्थानीय तहमा सुशासन सुदृढीकरण कार्यमा सहजीकरण गर्ने,
  • स्थानीय शासन उत्तरदायी संयन्त्रको सम्पर्क शाखाको रुपमा कामकाज गर्ने,
  • सुचना अधिकारी सम्वन्धी कार्यहरू गर्ने,
  • स्थानीय तहको कार्य सम्पादन स्थितिको स्वतः प्रकाशन सम्वन्धी कार्य गर्ने ।