कर्मचारी प्रशासन महाशाखाको कार्य विवरण

  • नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल विविध सेवा, नेपाल इन्जिनियरिङ्ग सेवा, सर्भे समूहको सञ्चालन तथा यी अन्तर्गतका समूह तथा उपसमूहहरूको सञ्चालन,
  • संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको न्यूनतम शैक्षिक योग्यता सम्वन्धी नीति, कानून र मापदण्ड सम्वन्धी कार्य,
  • सङ्घीय निजामती कर्मचारीहरूको अन्तर मन्त्रालय सरुवा, बढुवा, नियुक्ति र पदस्थापन सम्वन्धी कार्य,
  • प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सरुवा र कामकाज सम्वन्धी कार्य,
  • सङ्घीय निजामती कर्मचारीहरूको पुरस्कार र दण्ड सम्वन्धी कार्य,
  • सङ्घीय निजामती कर्मचारी प्रशासनको केन्द्रीय कर्मचारी निकाय सम्वन्धी कार्य,
  • प्रशासकीय अभिलेख र तथ्यांक सम्वन्धी कार्य ।
  • मन्त्रालय र अन्तर्गतका निकायहरूको जनशक्ति व्यवस्थापन, आर्थिक प्रशासन र आन्तरिक व्यवस्थापन सम्वन्धी कार्य गर्ने, गराउने,
  • मन्त्रालयका कर्मचारीहरूको कार्य जिम्मेवारी तोक्ने तथा कार्य विवरण लागू गर्ने, गराउने,
  • मन्त्रालयको जिन्सी व्यवस्थापन र मर्मत सम्भार सम्वन्धी कार्य,
  • भौतिक सम्पत्तिको सुरक्षा, मर्मत सम्भार आदि गर्ने, गराउने,
  • सार्वजनिक खरिद ऐन,नियमावली बमोजिम सरकारी खरिद सम्वन्धी कार्य गर्ने, खरिद भएको जिन्सी सामानको दाखिला, निरीक्षण र खर्च सम्वन्धी कार्य गर्ने, गराउने,
  • लिलाम विक्री सम्वन्धी कार्य,
  • मन्त्रालय र अन्तरगतका निकायहरूको बेरुजु फछर्यौट गर्ने, गराउने,
  • मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादित कार्यका विषयमा प्राप्त उजुरी, गुनासा आदिको जाँचबुझ तथा छानविन सम्वन्धी कार्य गर्ने, गराउने,
  • कर्मचारीहरूको गुनासो सम्बोधन सम्वन्धी कार्य गर्ने, गराउने,
  • मन्त्रालयको पुस्तकालय व्यवस्थापन सम्वन्धी कार्य गर्ने, गराउने,
  • मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूको का.स.मू. व्यवस्थापन सम्वन्धी कार्य गर्ने,
  • मन्त्रालय र अन्तर्गतका आयोजनाहरूमा अस्थायी दरबन्दी व्यवस्थापन सम्वन्धी कार्य,
  • मन्त्रालयमा कार्यरत कर्मचारीहरूलाई दिइने पुरस्कार एवं विभागीय सजाय सम्वन्धी कार्य,
  • संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सम्वन्धी बाँकी कार्य,
  • कर्मचारी समायोजन सम्वन्धी समस्या समाधानका लागि गुनासा सुनुवार्इ गर्ने,
  • कर्मचारी समायोजन निर्देशन समितिसँग समन्वय गरी कर्मचारी समायोजन सम्वन्धी समस्या समाधान गर्ने,
  • संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन भएका कर्मचारीहरूको समायोजन मिलान र सुधार सम्वन्धी निर्णय गर्ने तथा अभिलेख व्यवस्थापन गर्न निर्देशन दिने,
  • अन्य शाखा तथा महाशाखाको कार्य विवरणमा अस्पष्टता भएमा स्पष्ट पार्ने कार्य गर्ने,
  • अन्य महाशाखामा उल्लेख नभएका तथा तोकिए बमोजिमका अन्य कार्य।